सोनी वर्ल्ड फोटोग्राफीमा नेसनल अवार्ड जित्ने १४ गजबका फोटोहरु

This image was taken with my iPhone X close to my home at Wallabi Point, New South Wales, Australia, after devastating bushfires swept through the area. As I watched the sun set through the smoke a kookaburra appeared and allowed me to walk right up to it. We shared a moment, watching the sun fade behind the apocalyptic scene… he was laughing.

अस्ट्रेलिया


कतिपयलाई लाग्छ महँगा क्यामेरा र लेन्सले मात्र राम्रा फोटो खिच्छ। त्यस्तै फोटोले मात्र अवार्ड जित्छ। तर होइन, यो फोटो आइफोन एक्सले खिचेको हो। अस्ट्रेलियाको तर्फबाट एडम स्टिभेन्सनले नेसनल अवार्ड जिते।
Image Name: That’s Nothing to Laugh About
Photographer Name: Adam Stevenson

बंगलादेश


यो अलि क्रियटिभ किसिमको फोटो हो। अचेल युट्युबमा भिडियो हेर्ने पुस्तालाई थाहा नहोला, तर यो भिसिआरको टेप हो। यो टेप डेकमा राखेर टेलिभिजनमा फिल्म हेर्ने गर्थे पुरानो पुस्ता। बंगलादेशको तर्फबाट नेसनल अवार्ड जित्ने टोन्मोय अधिकारीले ब्ल्याक एन्ड ह्वाइटमा खिचेको यो फोटोमा आँखा चाहिँ ह्वाइट छ, क्यासेट चाहिँ ब्ल्याक।
Image Name: Reminiscence
Photographer Name: Tonmoy Adhikarye’

चिली

Image Name: Dance and urbex
Photographer Name: Alejandro Cifuentes
बुल्गेरिया
पहिलो विश्वयुद्धका क्रममा खनिएका सुरुङ र ग्यालरीहरु देखिने गरी सूर्यास्तका बेला खिचिएको यो फोटोले बुल्गेरियाको तर्फबाट नेसनल अवार्ड जित्यो।
Image Name: Sunset
Photographer Name: Atanas Chulev

ब्राजिल

ब्राजिलको तर्फबाट नेसनल अवार्ड जितेको यो फोटोले ब्राजिलमा बेचबिखन गरी ल्याइएका र दास बनाइएका दुई अश्वेतहरुको मिलनलाई देखाउँछ।
Image Name: Afrocentrípeta
Photographer Name: Matheus Leite Ferreira

म्यान्मार


म्यान्मारका तर्फबाट नेसनल अवार्ड जितेको यो फोटो खिचिएको भने मंगोलियामा हो। चीलसँग शिकार खेल्न जाने यिनीहरु सामान्यतया मंगोलिया र कजाखस्तानको सीमामा बस्छन्।  हरेक अक्टोबर महिनामा हुने महोत्सवमा कजाख चिल शिकारीहरुको भेला हुन्छन्। कजाख सरकारले यिनीहरुलाई आफ्नै देशमा फर्काउन फकाए पनि अधिकांश भने मंगोलियामा नै बस्छन्।
Image Name: Young Eagle Hunter Lady
Photographer Name: Kyaw Bo Bo Han

भारत

हाम्रा प्रधानमन्त्रीले राइनो हैन गैँडा भन्नुपर्छ, एक सिङ्गे गैँडा हेर्न नेपालै आउनु पर्छ अन्यत्र पाइन्न भने पनि यो फोटो भने भारतको आसामस्थित पोबिटोरा वाइल्ड लाइफ स्यान्क्चुरीमा खिचिएको हो।  दुई भालेपोथी एक सिङ्गे गैँडाको प्रजनन क्रियाको यो फोटोमा एउटा बकुल्लो पनि देखिन्छ।  भारतको तर्फबाट नेसनल अवार्ड जितेको हो यो फोटोले।
Image Name: Mating Rhinos
Photographer Name: Abhijeet Kumar Banerjee

इटाली

समुद्र छेउमा पौडी खेलिरहेका यी मानिसहरु कमिला जस्ता देखिन्छन्। इटालीका तर्फबाट नेसनल अवार्ड जित्न सफल भएको हो यो फोटोले।
Image Name: Sur La Mer
Photographer Name: Roberto Corinaldesi

मलेसिया

सूर्यास्त हुँदै गर्दा घोडाहरु धपाउँदै घर फर्किरहेको यो फोटोले मलेसियाको नेसनल अवार्ड जित्यो।
Image Name: Descend From Above
Photographer Name: Tien Sang Kok
लात्भिया

रोमानियाको नागबेली बाटोको यो फोटोले लात्भियाको तर्फबाट नेसनल अवार्ड जित्यो।
Image Name: Autumn serpentine
Photographer Name: Arvids Baranovs

 

 

सर्बिया

यिनको नाम माजा हो। नर्तकी तथा गायिका। सर्बियन परम्परा अनुसारको रङ अनुहारमा लगाएकी छिन् उनले। सर्बियाको तर्फबाट नेसनल अवार्ड जितेको हो यो फोटोले।
Image Name: KOLO
Photographer Name: Jelena Jankovic

भियतनाम

चिया बगानको यो फोटोले भियतनामको तर्फबाट अवार्ड जित्यो।
Image Name: Drying Tea
Photographer Name: Tran Tran
थाइल्यान्ड जापानको कावागुचिगो लेकको यो फोटोले थाइल्यान्डका तर्फबाट नेसनल अवार्ड जित्यो।
Image Name: Red day
Photographer Name: Kiatthaworn Khorthawornwong

कोरिया


फोटोग्राफरले राजधानी सउलमा फेसन सुट गर्छन्। यो क्रममा मोडलहरुलाई उनले अङ्गालो हाल्न र केही शान्त कुरा सोच्न भनेका थिए।
Image Name: Hugging each other
Photographer Name: Youngchul Kim

Related Posts

by
Previous Post Next Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *

211 shares