के चीनमा कोरोना भाइरस साँच्चिकै नियन्त्रणमा आएको हो ?

                 चीनको एक  प्रसिद्ध ग्लोबल टाइम्सले  मुख्य समचारको रूपमा एक समाचार छापिएको छ– चीन अँध्यारो क्षणबाट बाहिर आयो । यो समाचारमा चिनियाँ राष्ट्रपति सी जिनपिङको वुहानमा भएको यात्रालाई निकै प्राथमिकताका साथ राखिएको छ । अनि दाबी गरिएको छ– चीनमा अब कोरोना भाइरस संक्रमितहरुको संख्या निकै घटेको छ ।

चिनियाँ सन्चारमाध्यममा मात्र होइन, सरकारी अधिकारी तथा सरकारी समाचार एजेन्सीले पनि यही विषयमा लेख्न थालेका छन् । चिनियाँ सरकारी सन्चार एजेन्सी सिन्ह्वाले पछिल्लो समय चीनमा देखिएका ६ घटना चीनबाहिरबाट आएको दाबी गरेको छ । तीमध्ये पाँच संक्रमित इटाली र एक अमेरिकाबाट आएको बताइएको छ ।

सिन्ह्वाले त लगातार त्यहाँको सरकारको प्रशंसा गर्दै समाचार छापिरहेको छ, ट्विट गरिरहेको छ । अनि चीनले पनि नयाँ संक्रमित नआएको दाबी गरेको छ । यो दाबी  चिनियाँ राष्ट्रपति सी जिनपिङ कोरोनाबाट सबैभन्दा बढी प्रभावित वुहान प्रान्तमा पुगेपछि अझ धेरै आइरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको यो भ्रमण पनि यही सन्देश दिन गरिएको सबैले बताइरहेका छन् ।

यसअघि चीनमा कोरोना भाइरस संक्रमितको संख्या ८०८८१ पुगेको र ३२२६ जनाको मृत्यु समेत भएको बताइएको थियो ।
चीनले यसरी दाबी गर्नु एउटा पक्ष भए पनि केही आलोचकहरुले चिनियाँ सरकारको आलोचना गरेका छन् । उनीहरुले चिनियाँ सरकारले सेन्सरसिप लगाएको र वास्तविक समाचार बाहिर नल्याएको आरोप लगाएका छन् ।किनकि चीनले पछिल्लो समय इन्टरनेटमा केही सामग्रीहरु ब्लकसमेत गरेको छ । चीनमा कोरोना भाइरस रोकथामका लागि आवश्यक उपकरण नभएको एउटा भिडियो निकै भाइरल भएको थियो । भिडियोमा एक चिकित्सकले चिनियाँ सरकारको आलोचना गरेका थिए । तर, अब यो भिडियो इन्टरनेटमा उपलब्ध छैन । यसको अर्थ हो, चीनले यो भिडियो इन्टरनेटबाट नै निकालिदिएको छ ।

त्यस्तै, आफ्नी आमाको मृत्यु पछि रोइरहेकी एक युवतीको भिडियो पनि अब हटाइएको छ । केही पहिले कोरोनाबारे पहिलो पटक जानकारी दिएका ली वेन लियाङले पनि अस्पतालबाट एउटा भिडियो बाहिर ल्याएका थिए । तर, चिनियाँ सरकारले उनलाई चुप लगाएको आरोप लगाइएको छ । यी चिकित्सकको अब त मृत्यु भइसकेको छ ।

त्यसैले, आलोचकहरुले चीनको सकारात्मक पहललाई स्वीकार गर्दै उसले पछिल्लो समय सेन्सरसिप लगाउन थालेको आरोप लगाउन थालेका छन् । त्यसो त सन् २००२ मा सार्स भाइरसको संक्रमण व्यापक भएपछि पनि यस्तै स्टेप लिइएको थियो । अनि त्यसलाई पनि सेन्सरसिप गर्न खोजिएको थियो ।  त्यति बेला चीनले वास्तविक जानकारीहरु लुकाउन प्रयास गरेको बताइएको छ । त्यसैले अहिले पनि विश्वका विज्ञहरुले चीनले कोरोना भाइरसबारे सेन्सरसिप लगाउन सुरु गरेको आरोप लगाएका छन् ।

स्रोत:  WORLDOMETERS & GOBLETIMES

Related Posts

by
Previous Post Next Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 shares